विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताएका छन् ।
विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उनले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।
मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए ।
सबै वडाहरूमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनले बताए । माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविर सञ्चालन हुनेछ ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved