Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर-११ ले तयार पार्‍यो वडाको परिचय, वेबसाइट पनि शुभारम्भ

पुस्तकको महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विमोचन गरेकी छन् । उक्त अवसरमा वडा कार्यालयको वेबसाइट समेत शुभारम्भ गरिएको छ ।
उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ११ ले वडाको इतिहासदेखि अहिलेको अवस्थासम्मको जानकारी समेटेर ‘वडा परिचय’ नाम पुस्तक प्रकाशन गरेको छ । 

पुस्तकको महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विमोचन गरेकी छन् । उक्त अवसरमा वडा कार्यालयको वेबसाइट समेत शुभारम्भ गरिएको छ ।

पुस्तकमा वडाको इतिहास, शैक्षिक, सामाजिक, धार्मिक, स्वास्थ्य, जनसंख्या, सञ्चार क्षेत्र, जातजाति, धार्मिक अवस्था, पूर्व जनप्रतिनिधिहरुको विवरण लगायतका जानकारीमुलक सामग्री समेटिएको जनाइएको छ ।

१३५ पृष्ठको उक्त पुस्तक अग्रज पत्रकार यज्ञ शर्मा र अभियन्ता निर्मल तामाङले तयार पारेका हुन् ।

पुस्तकको विमोचन गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले वडालाई विकासको नमुना बनाउन महानगरपालिकाले समेत आवश्यक सहयोग गर्ने बताइन् ।

उनले राजनीतिक भेदभावबिना सामूहिक भावले वडाले शिक्षा, स्वास्थ्य एवं विकास निर्माणमा फड्को मारेको बताइन् । 

वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले वडाको विकासमा विगतदेखिका सवै जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

न्यौपानेकै अध्यक्षतामा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, पूर्व उपप्रमुख इन्दिरा कार्की, पूर्व वडाध्यक्ष केदारबहादुर बस्नेत, नेकपा एमाले महानगर सभापति बलराम गिरी, नेपाली कांग्रेसकी झुमा निरौला लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा वडाका पूर्व जनप्रतिनिधिहरूलाई सम्मानित गरिएको थियो ।

View : 519

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved