Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

माघ १२ मा प्रेस चौतारी मोरङको जिल्ला अधिवेशन हुने

उद्‌घोष सम्वाददाता
२५ पुष २०८१, बिहिवार

विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाको नवौ जिल्ला अधिवेशन माघ १२ गते हुने भएको छ । प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले माघ १२ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका सचिव शशांक पौडेलका अनुसार माघ ७ गतेभित्र सम्पूर्ण सदस्यहरुको सदस्यता नवीकरण गरिसक्ने  समेत निर्णय भएको छ । यस्तै बैठकले मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धनका तर्फबाट विजयी उम्मेदारवारहरूलाई बधाई ज्ञापन गर्दै निर्वाचनमा मतदान गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरेको सचिव पौडेलले जानकारी दिए । 

यसैगरी चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारका लागि योग्य व्यक्ति छनौटका गर्न अग्रज पत्रकार यज्ञ शर्माको संयोजकत्वमा प्रेस चौतारी नेपालका अनुशासन आयोग सदस्य रामचन्द्र अधिकारी र प्रेस चौतारी मोरङ अध्यक्ष सुदीप कोइराला रहेको तीन सदस्सीय समिति समेत गठन गरेको छ । 

बैठकमा नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल रिमाल, नेकपा एमाले मोरङ प्रेस चौतारी इन्चार्ज तिलकुमारी शर्माले अधिवेशन भब्य रुपमा सफल बनाउन शुभकामना ब्यक्त गरेका थिए। 

View : 286

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved