Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध एमाले–माओवादीले पेश गर्ने यस्तो छ संकल्प प्रस्ताव र बैठकको कार्यसूची (प्रस्ताव र कार्यसूचीसहित)

उद्‌घोष संवाददाता
६ वैशाख २०८१, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज आफुविरुद्धको संकल्प प्रस्तावको सामना गर्दैछन् ।

आफुलाई संविधानको धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिन बाध्य पार्न प्रदेश सभाको बहुमत सांसदको समर्थन रहेको संकल्प प्रस्ताव पारित भएमा कार्की नैतिक रुपमा मुख्यमन्त्रीमा बसिरहन सक्दैनन् ।

उनीलाई प्रदेश सभाबाट विश्वासको मत लिन बाध्य पार्न नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना सांसदले हस्ताक्षर गरेर विशेष अधिवेशनको माग गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाका एक चौथाई बढि सदस्यले विशेष अधिवेशनको माग गरेपछि बिहीबार दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

आजको बैठकमा सभामुख अम्बर बहादुर बिष्टले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान लगायतका पत्रहरु पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । 

त्यसलगत्तै सभामुख बिष्टले प्रदेश सभा नियमावली २०७४ (पहिलो संसोधन) को नियम ७० को उपनियम (१)  को खण्ड (ग) अनुसार संकल्प प्रस्तावका प्रस्तावक रेवतिरमण भण्डारीलाई प्रस्ताव पेश गर्न अनुमति दिने जनाइएको छ ।

View : 5203

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved