Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई मेडल

उद्घोष सम्वाददाता
३ फागुन २०८०, बिहिवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा गत पुस ११ गतेदेखि १८ गतेसम्म खेलकुद सप्ताह आयोजना गरेको थियो । 

विश्वविद्यालयले आयोजना गरेको एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, मुना कार्की द्वितीय र पूजा आचार्य तृतीय भएका थिए । पुरुष एक सय मिटर दौडतर्फ अभिषेक राई प्रथम, भरतबहादुर साउद द्वितीय र यस कुशवाह तृतीय भए । 

चेस खुलातर्फ रणजीत लावती प्रथम, उद्गम पौडेल द्वितीय र नितेशकुमार मण्डल तृतीय भएका थिए । व्याडमिन्टनतर्फ महिला डबल प्रतिष्पर्धामा नितिला खतिवडा र कृतिका पुडासैनीको टोली पहिलो भए । श्रेया तिम्सिना र अन्नपूर्ण गिरीको समूह द्वितीय भएका थिए । 

ब्याडमिन्टनतर्फ पुरुष डबलमा रणजीत लावती र पवन बुढाथोकीको टिम प्रथम तथा अमनकुमार महतो र समीर चौधरीको समूह द्वितीय भएको थियो । 

टेबुल टेनिस महिलातर्फ कृतिका पुडासैनी प्रथम, ऋचा वस्ती द्वितीय र निनम्मा राई तृतीय, पुरुषतर्फ उद्गम पौडेल प्रथम, नितेशकुमार मण्डल द्वितीय र शेषकान्त ताजपुरिया तृतीय भएको जनाइएको छ । 

भलिवल महिलातर्फ बीए एलएलबी पहिलो वर्षको समूह प्रथम र बीए एलएलबी दोस्रो वर्ष द्वितीय भएका छन् । क्रिकेट पुरुषतर्फ बीए एलएलबी दोस्रो वर्ष प्रथम र बीए एलएलबी पहिलो वर्ष द्वितीय भएका थिए ।

विश्वविद्यालय कला, शिक्षा तथा कानून संकायका डीन प्रा.डा. अनिलकुमार पोखरेल र क्याम्पस प्रमुख महेशप्रसाद निरौलालगायतले विजेता विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

View : 204

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved