काठमाडौं । कारोबार लगातार उच्च हुँदै यो साता करेक्सनमा गएको सेयर बजार सूचक सोमबार सामान्य अंकले घटेको छ ।
कारोबार रकममा पनि गिरावट छ । बजार सूचक २.०७ अंकले घट्दै २९६२.१३ को विन्दुमा रहँदा १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
मध्यान्ह २९१८.५३ को विन्दुमा घटेको बजारले त्यसयता बिस्तारै रफ्तार समाते पनि अन्तिममा सूचक रातो भएको थियो ।
साताको दोस्रो दिन लगानीकर्ता व्यापार, विकास बैंक र फाइनान्स समूहका सेयरमा आकर्षित देखिएका छन् ।
व्यापार ३.२४, विकास बैंक ३.०४ र फाइनान्स २.७५ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमा १.७१ प्रतिशतको बढोत्तरी छ । अन्य सबै समूहका सूचक घटेका छन् ।
९४ कम्पनीको सेयरमूल्य बढ्दा १५६ को घटेको छ । ८.४९ प्रतिशतले घटेको विन्ध्यवासिनी हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा छन् । बढेका कम्पनीमा समता घरेलु लघुवित्त ९.९९, सान्भी इनर्जी ९.९२ र ट्रेड टावरका सेयरमूल्य ९.५३ प्रतिशत उकालो लागेका छन् ।
बजारमा सोमबार पनि सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो ।
उक्त कम्पनीको ९२ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरि हिमालयन डिष्टिलरी ७६ करोड ९९ लाख, ज्ञादी ग्रुप ५७ करोड ९७ लाख, लुम्बिनी विकास बैंक ५७ करोड ५३ लाख र एचआइडीसीएलको संस्थापक सेयर ५१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि आइतबार परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा रहँदा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved