Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सरकारविरुद्ध आन्दोलन र संघर्षमा उत्रनलाई तयार रहन एमाले कोशीको आह्वान

उद्‌घोष संवाददाता
१४ चैत २०८२, शनिवार

विराटनगर । नेपाल एमालेले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलन र संघर्षमा उत्रनका तयार रहन नेता–कार्यकर्ता तथा समर्थकलाई आह्वान गरेको छ । 

अध्यक्ष ओलीको पक्राउलाई लिएर देशभर संघर्षको तयारी गर्ने घोषणा गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा ओलीको पक्राउलाई ‘प्रतिशोधपूर्ण र गैरसंवैधानिक कदम’ भनिएको छ । 

विज्ञप्तिमा कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा गरिएको उक्त कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भएको एमालेको ठहर छ ।

एमालेले जननिर्वाचित सरकार र संसद विघटनजस्ता गतिविधिलाई लोकतान्त्रिक मूल्यविपरीत भएको दाबी गर्दै लोकतान्त्रिक शक्तिमाथि सुनियोजित आक्रमण सुरु भएको दाबी गरेको छ ।

पार्टीले अध्यक्ष ओलीसहित पक्राउ परेका सबै नेताहरूको तत्काल रिहाइको माग गर्दै यस्ता ‘दमनकारी र प्रतिशोधपूर्ण’ गतिविधि तुरुन्त रोक्न सरकारलाई चेतावनी दिएको छ ।

विज्ञप्तिमा पार्टी पंक्ति र समर्थकलाई नडराउन र सरकारका कदमविरुद्ध सशक्त आन्दोलनमा उत्रन तयार रहन निर्देशनसमेत दिइएको छ ।

यसैबीच, नेकपा एमाले विराटनगर महानगर कमिटीले आजै पार्टी कार्यालय पाञ्चालीमा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा आकस्मिक बैठक बोलाएको जनाइएको छ ।

View : 377

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved