Biratnagar, Morang, Nepal
२३ जेठ २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

मुस्लिम महिलाले खोले नाइस कलेक्सन

नविन कर्ण
२१ जेठ २०८२, बुधवार

विराटनगर । विराटनगरमा  तीनजना मुस्लिम महिलाहरुको लगानी तथा ब्यवस्थापनमा महिला पोषाक तथा परिधानको शोरुम सञ्चालनमा ल्याइएको छ । 

तीनजना दिदीबहिनीले संयुक्तरुपमा महिला पोषाक र परिधानको शोरुम सञ्चालनमा ल्याएका हुन् । 

विराटनगर–६ का रुकैया मुमताज, सुमैया र साब्या मुमताजले स्थानीय रामपुरचोकमा एमएस नाइस कलेक्सनको नामबाट शोरुम सञ्चालनमा ल्याएका हुन् ।

मंगलबार एक औपचारिक कार्यक्रम गरी मुमताज दिदी बहिनीले सञ्चालनमा ल्याएका शोरुमको उद्घाटन गरिएको छ । 

उपभोक्तालाई उचित मूल्यमा ब्राण्डेड पोशाक र परिधान उपलब्ध गराउने उद्देश्यसहित शोरुम सञ्चालनमा ल्याइएको सञ्चालिका मध्येकी एक रुकैया मुमताजले बताइन् ।

शोरुममा भारत, चीन र पाकिस्तानमा निर्माण भएका उच्चस्तरीय ब्राण्डेड पोशाक उपलब्ध हुने उनले जानकारी दिइन् । 

महिला तथा बालबालिकाका लागि तयारी कपडाका साथै जुत्ता चप्पल र गरगहनासमेत उपलब्ध हुने जनाइएको छ । शोरुममा तीनजना स्थानीयले रोजगारीसमेत पाएका छन् । 

मुस्लिम महिलाहरुको लगानी र ब्यवस्थापनमा विराटनगरमा पहिलोपटक यस प्रकारको शोरुम सञ्चालनमा ल्याइएको शोरुमकी अर्का सञ्चालिका सुमैया मुमताजले दाबी गरिन् ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved