विराटनगर । अनेकौं कम्पनी र ब्राण्डका विद्युतीय सवारी साधन अर्थात ‘इभी’ गाडी भित्रिइरहेको बेला स्थापित अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा चिनिएको ‘प्रोटोन इमास७’ एसयूभीको बिक्री विराटनगरबाट सुरु भएको छ ।
शंकर समुह अन्तरगत जगदम्बा मोटर्स प्रालिले देशभरका प्रमुख व्यापारिक केन्द्रहरू मध्ये विराटनगरबाट पनि प्रोटोन इमासको अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सहितको शोरुममार्फत बिक्री सुरु गरेको हो । कोशी राजमार्ग अन्तरगत विराटनगरको कन्चनबारी चोकबाट उत्तरपूर्वपटि शुक्रबार शोरुमको उद्घाटन गरिएको हो ।
नाडा कोशीका अध्यक्ष डिल्लीराम आचार्य, पूर्वअध्यक्ष सुवाष आचार्य, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भेटवाल, स्थानीय अटोमोबाइल्स व्यवसायीहरूको भव्य उपस्थितिमा शोरुम उद्घाटन गरिएको जनाइएको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष भेटवालले विराटनगर सधैँ नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहेको बताए । उनले नयाँ थ्रीएस शोरुममार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्ने र मुलुकको पूर्व क्षेत्रमा ‘इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम’ बनाउने बताए ।
विराटनगरमा नयाँ सोरुमको संचालनले नेपालभर एकीकृत तथा सुदृढ रुपमा इभीको नेटवर्क विस्तार गर्ने प्रोटोन इमासको लक्ष्यमा महत्वपूर्ण योगदान पुगेको उनले जानकारी दिए ।
कम्पनीको तर्फबाट प्राविधिक दक्षतासहितको सेवा सुविधा र स्पेयर पाट्र्स उपलब्धता प्रमुख प्राथमिकतामा रहने प्रतिवद्धता जनाए । प्रोटोन इमासले सफा, स्मार्ट र दिगो गतिशीलता प्रदान गर्ने पनि उनले बताए ।
प्रोटोन इमास विभिन्न ६ वटा रङको भेरिएशनमा उपलब्ध रहेको जनाइएको छ । यस इभीको मुल्य पनि दुईवटा फरक मोडल भेरिएशनमा रहेका छन् ।
जगदम्बा मोटर्सका विजनेश प्रमुख आकाश थापाका अनुसार प्रिमियम भेरिएन्ट प्रोटोन इमासको ६७ लाख ९९ हजार र प्राइम भेरिएन्टको ५६ लाख ९९ हजार रुपैयाँ पर्ने बताए ।
जिली ग्रुपको मुख्य लगानी रहेको मलेसियन ब्राण्डको यस इभी विश्व बजारमा निरन्तर उकालो यात्रा रहेको छ ।
नेपालमा बिक्री सुरु भएको दुवै मोडल भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको र पीकटर्क ३२० न्यूटन मिटर रहेको उल्लेख छ ।
इमास–७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने दाबी गरिएको छ । यसको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ ।
इमास–७ को भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ जडित रहेको छ । दिइएको छ । जस अन्तरगत ३४५ र ४१० किलोमिटर रेन्ज रहने कम्पनीको दाबी छ । यो एसयूभीमा १७३ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स निश्चित गरिएको जनाइएको छ ।
View : 276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved