Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

प्रजनन् अधिकार र बाँझोपनाबारे अभिमुखिकरण

उद्घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

Advertisement

विराटनगर । बढ्दो निसन्तानपना र प्रजनन् अधिकारबारे शुक्रबार विराटनगरमा अभिमुखिकरण सम्पन्न भएको छ ।

निसन्तानपनाप्रति समाजको सोच र सञ्चारकर्मीहरुको भुमिकाबारे ओरेक नेपाल र सेन्टर फर रिप्रोडक्टिभ राइटसको आयोजनामा अभिमुखिकरण गरिएको हो । ओरेक नेपालकी अनुसन्धान संयोजक सुमित्रा पौडेलले बाँझोपना बढ्दो दरमा रहेको र त्यसको परिणाम परिवारमा महिला हिंसाका घटनाहरु देखिएको बताइन् । तर सरकारसँग यस सम्बन्धि कुनै तथ्यांक नरहेको बताइन् ।

हिंसामुक्त प्रजनन सेवा प्राप्त गर्न स्वास्थको अधिकारलाई पुर्णरुपमा प्रयोग गर्नुपर्ने उनले बताइन् । बाँझोपनाको कारण महिलाहरुको आत्मसम्मानमा चोट पर्ने र विभिन्न प्रकारका लाल्छनाहरु सहनुपर्ने अवस्था रहेको बताइन् ।

निसन्तानको समस्या एउटा लिङ्गमा मात्रै नहुने भएपनि महिलाले धेरै उत्पिडन सहनुपर्ने अवस्था रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको २०१२ को प्रतिवेदनको अनुसार, विश्वमा करिब १०-१५ प्रतिशत विवाहित दम्पतिहरुले सन्तानविहीन रहेका छन् ।

बाँझोपना भएका दम्पतीको संख्या ८ देखि १२ प्रतिशत रहेको अनुमान छ । विश्वव्यापी रुपमा प्रत्येक १० जोडी मध्ये एक जोडी अर्थात लगभग ६० देखि ८० मिलियन पुरुष र महिलाहरूमा गर्भधारणमा समस्या रहेको पाईएको छ । विकासोन्मुख देशहरूमा प्रत्येक चार दम्पतीमा एक जना बाँझोपनबाट प्रभावित रहेको पाईएको छ ।

नेपाल जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण जस्ता ठूला सर्वेक्षणहरूले पनि बाँझोपनसम्बन्धी जानकारी सङ्कलन गरेका छैनन् । सरकारले बाँझोपन उपचार सेवालाई क्रमशः सबै संघीय अस्पतालहरूमा विस्तार गरिने नीति भने ल्याइसकेको जनाइएको छ ।

सर्वोच्च अदालतको निर्णयानुसार नेपालमा सन् २०१५ अगस्ट २५ देखि सरोगेसी गर्न रोकिएको थियो । त्यसपछि सन् २०१५ सेप्टेम्बर १८ को मन्त्रिपरिषद्‌को निर्णयले सर्वोच्च अदालतको निर्णय अनुसार आधिकारिक रूपमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१६ को डिसेम्बर १२ मा सर्वोच्च अदालतको फैसला अनुसार विवाहित नेपाली जोडीका लागि सरोगेसीसम्बन्धि वैधानिक कानुनी व्यवस्था छ । तर अविवाहित पुरुष वा महिला, ट्रान्सजेन्डर दम्पती र विदेशी नागरिकका लागि अवैध मानिएको ओरेककी कार्यक्रम संयोजक सरस्वती दनुवारले बताइन् ।

ओरेक नेपालले सञ्चारकर्मीहरुसंगको निरन्तर सहकार्य गर्दै आएको उनले बताइन् ।

View : 87

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved