Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

चार मन्त्री र दुई राज्यमन्त्रीसहित कोशी सरकार दोस्रो पटक विस्तार

उद्घोष सम्वाददाता
२६ माघ २०८०, शुक्रवार

विराटनगर, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका दुई र काँग्रेसबाट चार जनालाई मन्त्री नियुक्त गर्दै शुक्रवार मन्त्रिमण्डल विस्तार गर्न गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

मन्त्रिमण्डलमा नेपाली काँग्रेसबाट प्रदीप सुनुवारलाई स्वास्थ्य मन्त्री र रामकुमार खत्री उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । काँग्रेसबाट दुई राज्यमन्त्रीमा इन्दिरा थापा र सुनिता कुमारी गुरुङ नियुक्त भएका छन् ।

थापा आर्थिक मामिला तथा योजनाको राज्यमन्त्री र गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री  नियुक्त भएका हुन् ।

त्यसैगरी माओवादी केन्द्रबाट नारायण बहादुर मगर खानेपानी, सिँचाई तथा उर्जामन्त्री नियुक्त भएका छन् । राजेन्द्र कार्की सामाजिक विकासमन्त्री बनेका हुन् । 

कोशी प्रदेशमा पहिलो पटक मन्त्रिमण्डल विस्तार हुँदा काँग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु भौतिक पूर्वाधार विकास र माओवादीका गणेश प्रसाद उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री बनिसकेका छन् ।

शुक्रवार चार मन्त्री र दुई राज्यमन्त्री थपिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा मन्त्रिमण्डलको सङ्ख्या १० पुगेको छ । मन्त्रीहरूलाई केही बेरमै प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ गराउने छन् ।

View : 686

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved