Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अमनले जिते उपाधि

उद्घोष सम्वाददाता
२३ जेठ २०८१, बुधवार

विराटनगर । द रोयल पावर जिम एण्ड फिटनेस सेन्टरले आन्तरिक रुपमा गरेको शारीरिक सुगठन प्रतियोगिताको उपाधि विराटनगर–१० का अमन भण्डारीले जितेका छन् ।

क्लबले सोमबार गरेको प्रतियोगितामा दिप्सन राई दोस्रो र आयुषबाबु कोइराला तेस्रो भए । त्यस्तै दिपेश शाहले सान्तवना पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरूलाई मोरङ बडी बिल्डिङ एसोसिएसनका उपाध्यक्ष तथा राष्ट्रिय खेलाडी उमेश कार्की, सदस्य प्रदीप भुजेल, मनोज खतिवडालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा २० जना खेलाडी सहभागी भएको क्लबका सञ्चालक रियाज कुरेसीले जानकारी दिए ।

View : 448

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved