विराटनगर । मोरङको कटहरी र धनपालथान गाउँपालिकाका विपन्न र दलित छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । कटहरी–७ तकियास्थित जनता माध्यमिक विद्यालय र धनपालथान गाउँपालिकाको दादरबैरियास्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ३४ छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । मानवअधिकार तथा शान्ति समाजले विपन्न तथा दलित छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
मंगलबार जनता माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा छात्राहरुलाई जनही १२ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको छ ।
मानवअधिकार तथा शान्ति समाजले पाँचवर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत तेस्रो वर्षको छाक्रबृत्ति वितरण गरेको समाजका सदस्य एवम् कार्यत्रम संयोजक राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।
छनोटमा परेका छात्राहरुलाई कक्षा ६ देखि १० सम्म निरन्तर ५ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने अभियान अन्तर्गत तेस्रो वर्षको छात्रवृत्ति प्रदान गरिएको समाजका मोरङ सचिव अशोक लामाले बताए ।
कार्यक्रममा समाजका केन्द्रीय सभापति रामकृष्ण बराल र मोरङ सभापति प्राडा जीवनकुमार ढकालले सो रकम छात्राहरुको शैक्षिक उन्नयनमा खर्च गर्न अभिभावकहरुलाई आग्रह गरे ।
View : 256
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved