Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महाधिवेशन प्रतिनिधि चयन

उदयपुरमा १४ जना प्रतिनिधिका लागि ५१ को उम्मेदवारी

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

उदयपुर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि उदयपुरबाट ५१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १४ जना महाधिवेशन प्रतिनिधि चयनका लागि उदयपुरमा बुधबार उम्मेदवारी दर्ता भएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नम्बर १ बाट खुला चार, महिला दुई र युवामा एक गरी सात जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । तर, मनोनयन दर्ता हुँदा खुलातर्फ १२, महिलाका लागि ६ र युवामा आठ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत विदुर राउतले बताए ।

क्षेत्र नम्बर २ मा खुलातर्फ तीन, महिला दुई र युवामा एक गरी ६ जना प्रतिनिधि चयन गर्नका लागि मनोनयन दर्ता हुँदा खुलातर्फ नौ, महिलामा पाँच र युवामा ६ जनाको उम्मदेवारी परेको हो ।

त्यसैगरी, जिल्ला भरीको दलित क्षेत्रबाट चयन हुने एक जना महाधिवेशन प्रतिनिधिमा पाँच जनाले उम्मेदवारी दिएको जनाइएको छ ।

निर्वाचन अधिकृत राउतका अनुसार क्षेत्र नम्बर १ मा ३ हजार २४७, क्षेत्र नम्बर २ मा २ हजार ४१३ र दलितमा ३८५ गरी ६ हजार ४५ जना संगठित सदस्यले मतदाता रहेका छन् ।

उदयपुर जिल्लाका दुई केन्द्रीय सदस्य भने स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका उमेदवारहरूले बिहीबार अपरान्ह १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नभए शनिबार चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

एमालेको ११ औं महाधिवेशन यही मंगिसर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भइसकेको छ ।

View : 292

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved