विराटनगर । आठ वर्षको उमेरमा आगोले जलेर खुट्टा गुमाएकी भोजपुरको दिङ्लाकी ४४ वर्षीय मालिका पाण्डेलाई कृत्रिम खुट्टा प्रदान गरिएको छ ।
विराटनगर–३ स्थित नन्दलाल–चन्द्रकला भण्डारी स्मृति कोषको तर्फबाट पाण्डेलाई काठमाडौंको पाशुपत क्षेत्रमा पुगेर स्व. प्रभा भण्डारीको स्मृतिमा ५० हजार रूपैयाँ पर्ने कृत्रिम खुट्टा प्रदान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले बताए ।
कोषले अत्याधुनिक प्रविधियुक्त सिल्कन लाइनरसहितको खुट्टा उपलब्ध गराएको जनाएको छ । कोषका संरक्षक बिष्णुप्रसाद भण्डारीकी नातिनी सान्भी अधिकारीले आफ्नो खाजा खर्चबाट बचाएर जम्मा पारेको रकमबाट कृत्रिम खुट्टा सहयोग गरिएको मार्सेलीले बताए ।
View : 193
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved