Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

इस्कोनले श्रीकृष्ण जन्माष्टमी भव्य मनाउने

उद्घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर(उस)÷ अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ (इस्कोन ) विराटनगरले यस वर्षको कृष्णाष्टमी विभिन्न अनुष्ठानका साथ भव्य रुपले मनाउने भएको छ ।    सोमबार श्रीकृष्णाष्टमीको अवसरमा  विराटनगरस्थित जैन भवनमा भजनकीर्तन, सा“स्कृतिक कार्यक्रम, मंगल आरती, श्रीकृष्णलीला, वर्णन, महाअभिषेकलगायत अनुष्ठान विहान ८ बजेदेखि राति १२ बजेसम्म हुने छ । 
बिहीबार पत्रकार सम्मेलन गर्दै इस्कोन   विराटनगर, श्रीकृष्ण जन्माष्टमी समारोह समितिका सचिव भानुभक्त जोशीका अनुष्ठानमा कोशी प्रदेशका मुख्यमन्त्रीलगायत पा“च हजार बढीको सहभागिता हुनेछ । सो अनुष्ठानमा सहभागिताका लागि सार्वजनिक रुपले आह्वान गरिएकोले अझै भक्तजनहरु बढ्न सक्ने इस्कोनका  अनुयायी एवम् चलचित्र कलाकार प्रमोद श्रेष्ठले बताए । उनका अनुसार सोका लागि तयारी पूरा भएको र अनुष्ठानमा इस्कोनका विशिष्ट गुरु महाविष्णु महाराजको उपस्थिति हुने जोशीले बताए । 

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved