सुनसरी, ९ जेठ । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ सम्पन्न अन्तिम मतपरिणमा खनाल ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।
खनालले अध्यक्ष पदका अर्का प्रतिष्पर्धी उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका हुन् । पोखरेलले २ सय ८७ मत ल्याए ।
उपाध्यक्षमा पर्शुराम यादवले ३ सय ३२ मत ल्याएर बिजयी भएका छन् । उनले प्रतिस्पर्धी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् ।
यादवले ३ सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए । सचिवमा राम कोइराला विजयी भएका छन् । उनले प्रतिष्पर्धी पदम लिम्बूलाई १ सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । कोइरालाले ३ सय ८७ मत ल्याउँदा लिम्बूले २ सय ७० मत मात्र ल्याए ।
उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई २ सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।
राईले ४ सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याइन् । उपसचिवमा देवानन्द मेहतालाई १ सय ८८ मतले पछि पार्दै यामकुमार सुब्बा विजयी भएका छन ।
सुब्बाले ३ सय ८५ मत ल्याउदा मेहेताले १ सय ९७ मत मात्र ल्याउन सके ।
View : 445
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved