Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

पथरीमा आरोग्य सेवा केन्द्रको सेवा शुभारम्भ

उद्‌घोष संवाददाता
१४ फागुन २०८२, बिहिवार

पथरी । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ  मोरङको पथरीमा नागरिक आरोग्य सेवा केन्द्रको सेवा शुभारम्भ गरिएको छ । 

बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा वडा नं. ७ स्थित लामाटोलीमा उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्यसहित आरोग्य सेवा केन्द्रको उद्देश्य र सेवाबारे प्रष्ट पारेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्वापोले सेवा केन्द्रको दीगो सञ्चालनका लागि नगरवासीहरूको सक्रिय सहयोग आवश्यक रहेको बताए । 

कार्यक्रममा जेष्ठ नागरिक देवकुमारी लम्साललाई सेवा प्रदान गर्दै केन्द्रको औपचारिक शुभारम्भ गरिएको थियो ।

View : 52

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved