विराटनगर । स्वास्थ्य बीमा बोर्डले विराटनगरको वैजनाथपुर अस्पतालसहित देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।
स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।
सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो । विराटनगर महानगरपालिकामा यस अघि काेशी अंचल अस्पताल, रानी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहेको थियो ।
बोर्डले पहिलो पटक सेवा बिन्दुको रूपमा सेवा दिने गरी सम्झौता गरेको हो । स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार यसलाई कार्यान्वयनमा ल्याइएको छ ।
बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्रसहित जम्मा ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् ।
हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको सङ्ख्या ३७६ पुगेको छ । यसले बीमीतलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।
आफ्नै वडाबाट बिमा संचालनमा आउँदा छिमेकी पालिकामा रेफर लिन जानुपर्ने समस्या हट्ने स्थानीय भाेजराज जमरकट्टेलले बताए । उनले विराटनगर महानगरपालिकाका मेयर उपमेयर वडाअध्यक्ष बैजनाथपुर अस्पतालका कार्यलय प्रमुख लगायत सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
हाल ५ वेडको क्षमतामा संचालनमा रहेको वैजनाथपुर अस्पताल विराटनगर महानगरपालिका अन्तरगतको अस्पताल हाे । यो अस्पताललाई १५ वेडमा स्तरोन्ती गरी विशेषज्ञ सेवा प्रदान गर्ने तयारी रहेको वडाध्यक्ष श्याम घिमिरेले बताए । वैजनाथपुर अस्पतालमा अहिले वर्थिङ सेन्टर समेत संचालनमा रहेको छ ।
View : 437
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved