Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘पूर्ण डिजिटल’ अवधारणामा विराट क्षितिज कलेज सञ्चालनको तयारी

उद्‌घोष संवाददाता
२० जेठ २०८१, आइतवार

Advertisement

विराटनगर । बीएस्सी सीएसआईटी र बीसीएमा अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित हुने लक्ष्यसहित नयाँ व्यवस्थापनसहितको विराट क्षिजित कलेजले सञ्चालनको तयारी अघि बढाएको छ ।

२०६९ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेजले स्नातक तहमा बीएस्सी सीएसआईटी र बीसीए शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

कलेजको संस्थागत स्थायित्वका लागि विराटनगर महानगरपालिका–२ बरगाछीमा कजेल सञ्चालनको तयारी गरेको जनाइएको छ । कलेजमा प्रविधिमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, तालिम अभिमुखीकरणका अतिरिक्त नियमित कक्षा सञ्चालन, इन्टर्नशीपको समेत व्यवस्था गरिने कलेजका सञ्चालक भुवन नेपालले जानकारी दिए ।

कलेजले यस बर्षदेखि वीएस्सी सीएसआईटीमा ३६ र बीसीएमा ३५ जना विद्यार्थी भर्ना गर्न तयारी अघि बढाएको हो । कलेजको नयाँ व्यवस्थापनको नेतृत्व कान्तिपुर एजुकेशन फाउण्डेशनले गर्ने जनाइएको छ । 

त्यस्तै व्यवस्थापकीय र प्रशासकीय नेतृत्व भने सञ्चालकहरु दिनेश दाहाल, ज्ञानेन्द्र कार्कीलगायतले गर्ने सञ्चालक नेपालले बताए ।

उनले आइटीको क्षेत्रमा कलेजलाई पूर्ण रुपमा डिजिटल बनाइने बताए । सोही संकल्पका साथ कलेजको निर्माणको काम अघि बढाइएको  उनले जानकारी दिए ।

विश्व बजारमै प्राविधिक जनशक्तिको माग बढिरहेको र सूचना प्रविधि क्षेत्रमा मुलुकले राष्ट्रिय नीति लिंदै बजेटमार्फत त्यसको कार्यान्वयनको कुरा अघि बढाएका कारण कलेजले दक्ष जनशक्ति उत्पादनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

कोशी प्रदेशकै शैक्षिक हव मानिएको विराटनगरलाई शिक्षा क्षेत्रमा अझ बलियो बनाउने समेत कलेजको स्थापना महत्वपूर्ण हुने सञ्चालक दिनेश दाहालले बताए । 

‘विगतदेखि नै विराटनगरमा राम्रो संस्थाहरुको नेतृत्व गरेर नाम चलेका अनुभवी युवा व्यक्तित्वहरुको समूहद्वारा कलेज संचालनको तयारी गरिएको छ’ उनले भने, ‘सम्पूर्ण विद्यार्थी, अभिभावक, सरोकारवाला, शुभचिन्तकहरुलाई निश्चिन्त भएर हामी विश्वास गरिदिन आग्रह गर्दछौं ।’

View : 426

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved