विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा कार्यरत रेडियोलोजिष्टहरूको साझा संस्था नेपाल रेडियोलोजिष्ट एसोसिएसन कोशीको अध्यक्षमा डा.मनोज भट्टराई चयन भएका छन् । एसोसिएसनको उपाध्यक्षमा डा.तेजेन्द्र कार्की, महासचिवमा डा.मनीषराज पाठक, सहसचिवमा डा.निशान्त मिश्र, कोषाध्यक्ष डा.गणेश देवकोटा र सह–कोषाध्यक्षमा डा.रञ्जिभ यादव चयन भएका हुन् ।
सदस्यहरूमा डा.रोशना खड्का, डा.सन्दीप आचार्य, डा.राजा सुवाल, डा.सिमान्त मेहता, डा.सुरज थपलिया, डा.निरज रेग्मी, डा.त्रिभुवननारायण साह रहेका छन् । समितिको सल्लाहकारहरुमा डा.दानबहादुर कार्की, डा.यग्यराज पाठक, डा.आनन्द आचार्य, डा. सुशील तापडिया र डा.उमेशकुमार शर्मा रहेका छन् ।
एसोसिएसनका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरूले बुधबार अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको अवसरमा पद बहाली समेत गरेका छन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष डा.सरोज शर्मा र महासचिव डा. कृष्ण बुढाथोकीको उपस्थितिमा एसोसिएसनका पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न भएको नवनिर्वाचित प्रदेश समितिका उपाध्यक्ष डा.तेजेन्द्र कार्कीले जानकारी दिए ।
२०७८ मंसिर २५ मा सम्पन्न एसोसिएसनको प्रदेश स्तरीय भेलाले कोशी प्रदेशस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा एसोसिएसनको केन्द्रीय समितिले डा.मनोज भट्टराई नेतृत्वको बनेको तदर्थ समितिलाई दुई वर्षे कार्यकालको नेतृत्व चयन गरेको हो ।
नवगठित एसोसिएसनको प्रदेश समितिले कोशी प्रदेशमा कार्यरत रहेका रेडियोलोजिष्टहरूलाई संगठित गर्ने उपाध्यक्ष कार्कीले बताए ।
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved