Biratnagar, Morang, Nepal
२० माघ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

धनपालथानमा कबड्डी प्रतियोगिता

उद्‌घोष सम्वाददाता
१६ जेठ २०८१, बुधवार

Advertisement

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा प्रथम उपाध्यक्ष कप महिला तथा पुरूष नकआउट कबड्डी प्रतियोगिता शुरू भएको छ ।

धनपालथान युवा क्लब मोरङको आयोजना तथा धनपालथान गाउँपालिका र ३ नम्बर वडा कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । धनपाथान–३ सोराभागमा शुरू भएको प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डल र धनपालथानका उपाध्यक्ष नसिमा बानोले मंगलबार प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा ८–८  महिला र  पुरूष टोलीको सहभागिता छ । प्रतियोगितामा महिला टोलीतर्फ रतुवामाई नगरपालिकाको सिद्धार्थ युवा क्लब, विराटनगरको महेन्द्र मोरङ क्याम्पस, बेलबारी, उर्लाबारी, रंगेली र सुन्दरहरैंचा नगरपालिका, जहदा  र धनपालथान गाउँपालिकाको टोलीले सहभागिता जनाएका छन् ।

यस्तै पुरूषतर्फ इनरूवा नगरपालिका, रतुवामाईको सिद्धार्थ युवा क्लब, जहदा गाउँपालिका, विराटनगरको जतुवा युवा क्लब, बेलबारी नगरपालिका, रंगेली, धनपालथान र विराटनगरको महेन्द्र मोरङ क्याम्पसको टोलीको सहभागिता छ ।

खेलकुद तालिका अनुसार प्रत्येक दिन महिला र पुरूषको एक–एक गरी २ खेल हुने आयोजक धनपालथान युवा क्लबका सचिव शेखर विश्वासले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ महेन्द्र मोरङ क्याम्पस विराटनगरको टोलीलाई पराजित गर्दै रतुवामाईको सिद्धार्थ युवा क्लबले जित हात पारेको छ । पुरूषतर्फ रतुवामाईकै सिद्धार्थ युवा क्लबलाई पराजित गर्दै इनरूवा नगरपालिकाको टोली बिजयी भएको छ ।

धनपालथान क्षेत्रका युवायुवतीबीच पारम्परिक खेल कबड्डी निकै नै लोकप्रिय रहेकाले खेलाडीहरूलाई प्रोत्साहित गर्न यस पल्टदेखी गाउँपालिकाको सहयोगबाट उपाध्यक्ष कप शुरू गरिएको धनपालका उपाध्यक्ष नसिमा बानोले जानकारी दिइन् ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद ४१ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ यस्तै उपविजेतालाई २५ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

View : 720

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved