इटहरी । ड्रीम मोडलिङ एजेन्सी एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा ‘जुनियर मास्टर एण्ड मिस इटहरी २०८२–सिजन ३’ को समापन एक भव्य समारोहबीच सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी बालबालिकाले विभिन्न चरणका चुनौतीहरू पार गर्दै उत्कृष्ट प्रस्तुति दिएका थिए ।
अन्तिम चरणमा विशिष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई विभिन्न उपाधि र पुरस्कारले सम्मान गरिएको थियो । मुख्य उपाधि ‘जुनियर मास्टर’ को विजेता अर्चित भट्टराई र ‘जुनियर मिस’ को विजेता आना यङ्देन घोषित भए ।
फस्ट रनर–अप उपाधि युबिन मगर र नेबिशा दाहालले हात पार्दा सेकेन्ड रनर–अप प्रलेश राई र समिरा गौडैली बने । त्यस्तै, ‘भोटिङ स्टार अवार्ड’ अर्चित भट्टराई र स्वर्णिमा न्यौपानेले प्राप्त गरे भने ‘पब्लिक च्वाइस अवार्ड’ पुनः युबिन मगर र नेबिशा दाहालले जिते ।
प्रतियोगीहरूको प्रस्तुति, व्यक्तित्व, बौद्धिक क्षमता तथा सार्वजनिक बोलीको मूल्याङ्कन निर्णायक मण्डलले गरेका थिए ।
निर्णायकको भूमिकामा फेसन विज्ञ तथा सामाजिक अभियन्ता आदेश प्रधान, मोडल प्रशिक्षक प्रकाश चौहान, युवा उद्यमी रोनक अग्रवाल, सौन्दर्य विशेषज्ञ आयुष्मा बराल र सांस्कृतिक अभियन्ता शान्ति पाख्रिन थिए ।
View : 622
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved