Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

आईसीसीटी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । विश्वकै अग्रणी पानी शुद्धिकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसीटी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । 

‘म्याच रेडी विथ पियुर वाटर’ नारासहित ल्याइएको सो योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् ।

सो योजना अन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूल ८ फेव्रुअरी, २०२६ मा मुम्बईको वानखेडस्टेडियममा आयोजना हुने नेपाल  र इंग्ल्याण्डबीचको आईसीसीटी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्नसक्ने छन् । साथै, भाग्यशाली विजेताले चार रात पाँच दिनको मुम्बई भ्रमण प्याकेजसमेत जित्ने अवसर पाउनेछन् ।

केन्ट मिनरल आरओ शुद्धपानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि मस्ट ट्रष्टेड ब्राण्डका रुपमा स्थापित छ । 

अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्टवाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ ।

View : 125

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved