विराटनगर । कोशी पक्षी समाजको शनिबार कोशीटप्पु स्थित प्रकाशपुरमा भएको साधारणसभाले चक्रप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
पूर्वअध्यक्ष वैदेशिक रोजगारीमा गए पनि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेर गत वर्षको समेत चरा गणना गराएका तिम्सिनालाई भेलाले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
निर्वाचित भएपछि अध्यक्ष तिम्सिनाले समाजलाई देशभरमा सक्रिय बनाउने बताए । जलपंक्षी पाइने सिमसार र रामसार क्षेत्र आसपासमा देशभरमा पक्षी संरक्षणक लागि समाजहरू सक्रिय छन् ।
समितिको उपाध्यक्षमा केन्द्रकला काफ्ले, सचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा जयप्रसाद तिम्सिना, सहसचिवमा सुमन आचार्य, सदस्यहरूमा नवीना निरौला, गंगाप्रसाद पोखरेल, वासुदेव बराल र बिटुल लिम्बू छन् ।
View : 292
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved