Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज चैते दसैँको घटस्थापना

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ ।

चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए ।

आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए ।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् ।

आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो ।

नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved