विराटनगर । विराटनगर आँखा अस्पतालमा उपचारको सेवा लिदा अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएको छ । पछिल्लो समय सेवाग्राहीको चाप वढेपछि अस्पतालले अनलाइनबाट नाम दर्ता सेवाको शुरूवात गरेको हो ।
अब अनलाइन सेवाअनुसार कुनै पनि विरामी वा सेवाग्राहीले नाम दर्ताका लागि विहान ६ बजे नै अस्पताल पुग्नु नपर्ने अस्पतालका मेडिकल सुपेरिन्टेनडेन्ट डा. ललित अग्रवालले बताए ।
अनलाइन सेवा लिनका लागि अस्पतालको वेबसाइटमा दिइएको निर्देशन बमोजिम विवरण भर्नुपर्नेछ । वेबसाइटमा गएपछि ‘बुक गर्नुहोस्’ मा क्लिक गर्नुपर्छ । त्यसपछि कुन सेवा लिने हो त्यो छनोट गर्नुपर्ने हुन्छ ।
सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र जाँचको समय तालिका देखाउँछ । यीमध्ये समयमा क्लिक गरेपछि ‘प्रोसेस टू बुक’ भन्नेमा क्लिक गर्नु पर्दछ ।
सो प्रक्रिया पूरा भएपछि ‘बुक अप्वाइन्टमेन्ट’ मा क्लिक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्दछ । विवरण भरेपछि बुक भएको देखाउँछ ।
त्यही बुक गरिएको स्क्रिनसट वा प्रिन्ट गरेर अस्पतालबाट अप्वाइन्टमेन्ट लिएको दिन तथा समय भन्दा १५ मिनेट पहिले काउन्टर नम्बर ३०१ मा पुगेर आफूले बुक गराएका विरामीको पुर्जा लिएर सेवा लिन सक्नेछन् ।
स्वास्थ्य विमामा आवद्ध भएका विरामीको नाम दर्ता पनि अनलाइन मार्फत निकट भविष्यमा गराउने योजना रहेको प्रबन्धक कुमार पृथुले बताए ।
View : 951
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved