विराटनगर, ५ मंसिर : कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिनको १ बजेका लागि बोलाइएको हो ।
बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
उक्त विधेयक गत साउन ३२ गते प्रदेश सभामा दर्ता भएर बसेको थियो ।
ढिला गरी प्रदेश सभामा टेबुल भएपनि विधेयकमाथिको छलफल भने भइरहेको छ ।
View : 220
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved