Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेकपा (संयुक्त) को घोषणापत्र सार्वजनिक

निर्वाचन प्रणालीमा सुधार र सन्तुलित वैदेशिक नीतिलाई मुख्य जोड

लोकतन्त्रलाई केवल ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मा सीमित राख्न नहुने तर्क गर्दै नेकपा (संयुक्त) ले पूर्ण समानुपातिक र समावेशी निर्वाचन प्रणालीको वकालत गरेको छ।
उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले आफ्नो आगामी कार्यदिशा समेटिएको ुघोषणापत्र २०८२ु मंगलबार काठमाडौँमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको छ।

‘विकासको नेपाली बाटो ; सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएकोसो घोषणापत्रमा निर्वाचन प्रणालीमा व्यापक सुधार र राष्ट्रिय हितमा आधारित वैदेशिक नीतिलाई प्रमुख एजेण्डा बनाइएको छ।


घोषणापत्र सार्वजनिक गर्दै पार्टीले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र आम जनताको पहुँचभन्दा बाहिर रहेको निष्कर्ष निकालेको छ।

लोकतन्त्रलाई केवल ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मा सीमित राख्न नहुने तर्क गर्दै नेकपा (संयुक्त) ले पूर्ण समानुपातिक र समावेशी निर्वाचन प्रणालीको वकालत गरेको छ।

घोषणापत्रमा भनिएको छ, ‘निर्वाचनले जनताको जीवनमा नयाँपन दिन सक्नुपर्छ। पैसाको बलमा चुनाव जित्ने परिपाटीको अन्त्य गरी निष्ठा र विचारको राजनीति स्थापित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तन आवश्यक छ।

’ पार्टीले भ्रष्ट र खर्चिलो निर्वाचन प्रणाली नै कुशासनको जड रहेको उल्लेख गर्दै यसलाई सुधारेर मात्र वास्तविक समाजवादको आधार तयार हुने दाबी गरेको छ।


वैदेशिक नीतिका सन्दर्भमा नेकपा (संयुक्त) ले असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेको छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई समानता र आपसी हितका आधारमा सुदृढ बनाइने घोषणापत्रमा उल्लेख छ।

विशेषगरी वैदेशिक मामिलामा पार्टीले निम्न बुँदालाई प्राथमिकता दिएको छ,  भूतपूर्व गोर्खा सैनिकहरूले भोग्दै आएको समान पेन्सन र भेदभावपूर्ण व्यवहारको अन्त्यका लागि बेलायत सरकारसँग प्रभावकारी कूटनीतिक पहल गर्नेछ । 

 नेपालको प्राकृतिक स्रोत र श्रम शक्तिको हित हुने गरी वैदेशिक लगानी भित्र्याउने र आर्थिक परनिर्भरता घटाउने छ।

कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र नेपालको असंलग्न परराष्ट्र नीतिको मर्मलाई जीवन्त राख्ने छ ।


घोषणापत्रमा मुलुकको आन्तरिक समस्याको समाधानका लागि सुशासन र रोजगारीलाई मेरुदण्ड मानिएको छ।

पार्टीले हँसिया चिन्हमा मतदान गर्न अपिल गर्दै आफ्नै देशको माटो सुहाउँदो विकासको मोडल (विकासको नेपाली बाटो) अघि सारेको छ।

‘हामीसँग प्रचुर मानवीय र प्राकृतिक स्रोत छ, तर सही राजनीतिक बाटो नहुँदा मुलुक दुस्चक्रमा फस्यो,’ घोषणापत्रमा उल्लेख छ।

पार्टीले आगामी निर्वाचनलाई समाजवादको तयारीका रूपमा उपयोग गर्ने संकल्प समेत गरेको नेकपा (संयुक्त)का सचिवालय सदस्य एवम् मधेश प्रदेश इञ्चार्ज हरि काफ्लेले बताए ।

View : 297

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved