Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अर्किडले गर्यो उत्कृष्ट विद्यार्थीलाई सम्मान

उद्घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । हालै सम्पन्न ‘हिसान स्पोर्टस् मिट’मा पदक ल्याउने खेलाडीसहित अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीलाई अर्किड कलेजले सम्मान गरेको छ । विराटनगर– १० स्थित अर्किड कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी हिसान स्पोर्टस् मिटमा बिजेता हुने विद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको हो ।

केही दिनअगाडि सम्पन्न भएको १२ औं संस्करणको  हिसान स्पोर्टस् मिटमा अर्किड कलेजका विद्यार्थीले विभिन्न खेलमा ७ वटा स्वर्ण पदक जितेका थिए । जसमा छात्र–छात्रा फुटबल, कबड्डी छात्र, भलिबल छात्रा,  रनिङ १००–२०० मिटर दुबैमा स्वर्ण पदक जितेका थिए । यस्तै २०० मिटर छात्रामा पनि स्वर्ण पदक जितेको थिए ।

हिसानका जम्मा १३ वटा स्वर्ण पदकमध्ये सात वटा अर्किडले जितेको हो । तिनै बिजेता खेलाडीलाई सम्मान गरिएको प्रिन्सिपल सीएम श्रेष्ठले जानकारी दिए । यसैगरी मेडिकलमा ४ जना, इन्जिनियरिङ ५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेकामा उनीहरू पनि सम्मानित भएका छन् । 

मेडिकलमा गणेश पन्डित, शिवनान्द साह, इतेचु रुम्बा र गार्गी पन्डितले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । यस्तै इन्जिनियरिङतर्फ गौरव राई, बिकल्प भट्टराई, रघुराज मण्डल र रविन कट्टेल नाम निकाल्न सफल भएका छन् । यस्तै पब्लिक हेल्थमा बिष्णुकुमार साहले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । उनीहरूलाई पनि कलेजले सम्मान गरेको छ ।

आन्तरिक परीक्षामा उत्कृष्ट हुनेलाई नगदसहित सम्मान गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूलाई हिसान मोरङका अध्यक्ष अमित ढकाल, हिसान प्रदेशका सचिव दिपेश बास्तोला, स्कुलका प्रिन्सपल सिएम श्रेष्ठ, कलेजका निर्देशक मनीष भट्टराईलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै हिसान कोशि प्रदेशको सचिव तथा कलेजका प्रिन्सिपल बास्तोलाले अर्किडले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको कारणले सफलता हात फारेको बताए । कलेज गुणस्तरीय शिक्षासँगै अतिरिक्त त्रियाकलापमा पनि अगाडि रहेको उनले बताए ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved