विराटनगर । विराटनगर–३ वडाअध्यक्ष कप ब्याडमिन्टन जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा पुरस्कारको राशी ३५ र ३० हजार रुपैंया र शिल्ड रहेको छ ।
राजधानी युवा क्लव विराटनगरको आयोजनामा आगामी फागुन १ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने मेन्स डवललाई ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेलाई १८ हजार रुपैंया पुरस्कार राखिएको छ । यस्तै भेट्रान्स (४५ वर्ष माथी) प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १६ हजार रुपैंया नगद राशीको पुरस्कार राखिएको छ ।
राजधानी युवा क्लवको म्याट जडित दुई वटा कोर्टमा हुने प्रतियोगितामा मोरङ जिल्ला भरीका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।
क्लवका अध्यक्ष राजु ढकालका अनुसार बाहिर जिल्लाका भएपनि मोरङमा कार्यरतहरुले पनि सहभागि हुने पाउने छन् । खेलमा प्रवेश शुल्क भनें २ हजार रुपैंया राखिएको छ ।
View : 387
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved