विराटनगर : नेकपा एमाले मोरङले दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर यही कात्तिक २५ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको तयारी तीब्र बनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता रहने एमाले मोरङले जनाएको छ । नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख तथा कार्यक्रम प्रचार समितिका संयोजक सन्तोष बान्तवाका अनुसार कार्यक्रममा प्रदेशभरिका पार्टीका नेता, कार्यकर्ताका साथै मोरङका विभिन्न क्षेक्रका व्यत्तित्वहरुको सहभागिता रहनेछ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरेको वान्तवाले बताए । उनका अनुसार प्रचारप्रसारको जिम्मेवारी प्रचार विभागले गर्ने छ भने आन्तरिक व्यवस्थापनको काम मोर्चा विभाग र महानगर कमिटीका अध्यक्षलगायतलाई दिइएको छ ।
यस्तै सांस्कृतिक कार्यक्रमको जिम्मेवारी जनसांस्कृतिक महासंघलाई दिइएको छ । यस्तै आर्थिक लगायतका अन्य क्षेत्रको जिम्मेवारी पार्टीका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल तथा कार्यक्रम संयोजक बाबुराम कार्कीलगायतले हेर्ने गरि जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख बान्तवाले बताए ।
View : 181
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved