विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् ।
कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल शनिबार बेलुका ठोक्किएर दुर्घटनामा परेका थिए ।
सुनसरी प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका छोरा ९ वर्षीय प्रनिष चौधरीको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको पनि उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
सो दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । प्रतिक्षा मृत्यु भएकी इनर्चनकी पत्नी हुन् ।
उनीहरुको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको जनार्एको छ ।
View : 644
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved