Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट

उद्‌घोष संवाददाता
६ भदौ २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघको टोलीले झापाका विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण गरी भेटघाट गरेको छ ।

संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ र शिव शताक्षी उद्योग वाणिज्य संघको भ्रमण गरी भेटघाट गरेको हो ।

उद्योग वाणिज्य संघहरुमा भ्रमणका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष, पदाधिकारीहरु र कार्यसमितिका सदस्यहरुसँग भेटघाट गरी उद्योग वाणिज्य संघहरुसँग आफनो संघको सम्बन्ध थप प्रगाढ बनाउने तथा उद्योग, व्यवसाय क्षेत्रका साझा समस्याहरु  समाधानका लागि ऐक्यबद्ध भई अघि बढ्ने उद्देश्यले भ्रमण तथा भेटघाटको कार्यक्रम आयोजना गरेको बताए ।

टोलीमा संघका अध्यक्ष राठी, निवर्तमान अध्यक्ष रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, प्रवक्ता दिपेश सुवेदी, आमन्त्रित सदस्य डा दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता थियो ।

View : 624

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved