Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रहरीले बल प्रयोग गर्ने भएपछि सुधार गृहबाट भागेका धेरै बालकहरूले गरे समर्पण

उद्‌घोष संवाददाता
२५ भदौ २०८२, बुधवार

विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहबाट भागेका बाल बिज्याईंकर्ताहरू मध्ये धेरैले आत्मसमर्पण गरेका छन् । 

सुधार गृहबाट सामुहिक रुपमै भागेका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । उनीहरू पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा भने आएका छैनन् ।

बुधबार विहान उनीहरू बाल सुधार गृहबाट भाग्ने क्रममा दुई समुहबाट छुट्टिएका थिए ।

पश्चिमतिर लागेको समुह दुधफाराम हुँदै खार्जीतिर लागेको थियो । पूर्वतिरको समुह पुष्पलाल चोकतिर गएको थियो ।

ठुलो संख्यामा युवकहरू देखेपछि मानिसहरू आतंकित बनेका थिए । उनीहरूले लुटपाट गर्न मान्छे आएको आशंका गरेका थिए ।

समुहमा भएका कारण कहाँ जाने भनेर भौतारिएर हिंडेका उनीहरूलाई प्रहरीले आत्मसमर्पण गर्न चेतावनी दिएको थियो ।

प्रहरीको आग्रह अनुसार नै समुहमा रहेका धेरैले आत्मसमर्पण गरेका छन् ।

प्रहरीले उनीहरुलाई गाडीमा राखेर पुनः फर्काउने तयारी गरिरहेको जनाइएको छ ।

View : 625

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved