झापा । झापाको अर्जुनधारा नगरपालिका–४ का ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बे कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
आङ्देम्बेले घरमा अवैध हतियार राखेको भन्ने गोप्य सूचना पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलबार राती घरभित्र खानतलासी गर्दा लुकाई राखेको अवैध कटुवा पेस्तोल पनि बरामद गरेको जनाइएको छ ।
कटुवा पेस्तोलसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 267
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved