सेयर बजार फेरि लाग्यो उकालो
काठमाडौं । मौद्रिक नीति सकारात्मक आउँदा पनि साताको दोस्रो दिन घटेको सेयर बजार मंगलबार भने फेरि दोहोरो अंकले बढेको छ ।
नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा पुग्दा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
१३ मध्ये म्युचुअल फण्डबाहेक सबै समूहको सूचक हरियो हुँदा बजार बढेको हो । वाणिज्य बेंक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ ।
फाइनान्स १.७९, जलविद्युत १.७१, लघुवित्त १.२८, विकास बैंक १.२२ र लगानी समूह १.०८ प्रतिशतले बढेको छ । ३९ कम्पनीको सेयरमूल्य घट्दा २०९ कम्पनीको बढेको छ । सुपर मादी हाइड्रोपावरको ८.०८ र राप्ती हाइड्रोको सेयरमा ५.८६ प्रतिशतको वृद्धि छ ।
बजारमा सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा बुटवल पावर पहिलो भएको छ । उक्त कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै निफ्राको हरित ऋणपत्रको अस्वाभाविक कारोबार भएको छ ।
गत बुधबार मात्रै नेप्सेमा सूचीकृत उक्त ऋणपत्र मंगलबार एकै दिन ५० करोड ५१ लाख २१ हजार रुपैयाँको किनबेच भएको छ ।
यसैगरि राधी विद्युतको ४३ करोड ९७ लाख र एनआइसी एसिया बैंकको सेयर ३० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि मौद्रिक नीति आएपछिको पहिलो कारोबार दिनमा गत आइतबार नेप्से २९ अंकले बढेर २७६०.८० विन्दुमा रहँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको थियो । सोमबार नेप्से ३५.०९ अंकले घट्दै २७२५.७१ को विन्दुमा बजार बन्द हुँदा ३२१ कम्पनीको ८ अर्ब १७ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 463
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved