Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

धरानबाट भोजपुरको आमचोक जाँदै गरेको जिप दुर्घटना, कम्तिमा दुईजनाको मृत्यु

उद्‌घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । सुनसरीको धरानबाट भोजपुरको आमचोक जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा दुईजनाको मृत्यु भएको जनाइएको छ ।

को १ ज २५९३ नम्बरको बोलेरो जिप दुर्घटना भएको दुर्घटनास्थलमा रहेका स्थानीय मिलन सुभाराले जानकारी दिए ।

उदयपुरको मनोमानीतर्फको चुहार जाने ओरालो सडकमा दुर्घटना भएको हो । जिप सडकबाट चार वटा टर्निङभन्दा तल खसेको जनाइएको छ । दुर्घटनाग्रस्त जिपबाट अहिले घाइतेहरूको उद्धार भइरहेको जनाइएको छ । 

स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको र उद्धार गरिएका मध्ये एकजना बालक र एक महिलाको मृत्यु भएको शुभाराले जानकारी दिए । अन्य यात्रु पनि गम्भीर घाइते भएको जनाइएको छ । 

जिपमा एउटै घरको चारजनासहित १४ जना यात्रु रहेको खुलेको छ । चुहार पुलमा काम गर्ने मजदुरहरुले दुर्घटनास्थलमा पुगेर उद्दारमा सहयोग गरेको जनाइएको छ ।

दुर्घटनास्थलमा प्रहरी पनि पुगेको जनाइएको छ ।

View : 979

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved