विराटनगर । विराटनगरमा प्रथम बीपी कोइराला स्मृति अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।
नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले बीपी कोइरालाको स्मृतिमा विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको विभागका संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिता भदौ २७ र २८ गते विराटनगरस्थित सहिद रंगशाला छेउमा रहेको कभर्ड हलमा हुनेछ ।
प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरी २० वटा विद्यालयका विद्यार्थीहरूले ६ वटा स्पर्धामा सहभागिता जनाउने भएका छन् ।
जसमा उमेर समूहअन्तर्गत कक्षा– ४, ५ र ६, कक्षा– ७ र ८ र कक्षा– ९ र १० का छात्रछात्राबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका प्रथमले नगद २ हजार ५ सय, दोस्रोले १ हजार ५ सय र तेस्रो हुने २ जनालाई जनही १–१ हजार रूपैयाँका साथै पदक, ट्रफी प्राप्त गर्ने छन् ।
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved