सुन्दरहरैंचा । सुकुना बहुमुखी क्याम्पस र भारत आसामको डाउनटाउन विश्वविद्यालय, गुवाहाटीबीच कक्षा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गत वर्ष दुबै शैक्षिक संस्थाहरूबीच विद्यार्थी तथा शिक्षकहरूका अनुभव आदानप्रदान, संयुक्त गोष्ठि, कार्यशाला, परियोजनात्मक कार्य, छात्रवृत्ति तथा प्राज्ञिक क्रियाकलापहरू एक आपसमा मिलेर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने गरी द्विपक्षीय सम्झौता भएको बताइएको छ ।
सम्झौता अनुसार पहिलो चरणमा उक्त विश्वविद्यालका सहप्राध्यापक डा विशाल भुइयानले सुकुना बहुमुखी क्याम्पसमा फागुन २९ गते देखि चैत्र ५ गतेसम्म ती विषयमा सहजीकरण गरेका छन् ।
यस अवधिमा भुइयानले एमबीएस, बीबीएस र बीबीएका सबै कक्षाहरू विद्यार्थी तथा शिक्षकहरूलाई शिक्षण सिकाइका विषयमा विश्वविद्यालयका अनुभव र प्रयोगका विषयमा सहजीकरण गरेका छन् ।
क्याम्पसले अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठनाहरूसँग पहुँच विस्तार गरी विद्यार्थीहरूलाई ती अनुसन्धानमा जोड्न सकिने अवस्था सिर्जना भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइ प्रमुख गणेशप्रसाद दहालले जानकारी गराएका छन् ।
View : 215
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved