Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

डम्बर र डकेन्द्रको मतान्तर ११३, सुहाङ ४५२३ मतले अगाडि

उद्घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

विराटनगर । इलाम–२ को प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । सोमबार अपरान्ह साढे १ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ ४ हजार ५२३ मतका साथ अग्रस्थानमा छन् ।

उनले १२ हजार ४०५ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ७ हजार ८८२ मत प्राप्त गर्दै क्रमशः पछि पर्दै जाँदा उनलाई पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पछ्याइरहेका छन् ।

डकेन्द्रले ७ हजार ७६९ मत प्राप्त गरिसकेका छन् । डम्बर अहिले डकेन्द्रभन्दा ११३ मतले मात्रै अगाडि छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने १ हजार ६३६ मत प्राप्त गरेका छन् । 
 

View : 232

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved