विराटनगर । कर्जाको साँवा व्याज नतिरेको भन्दै दुईवटा बैंकले लिलामी प्रक्रियाका लागि सिलबन्दी गरेको विराटनगरको पुरानो र चर्चित कम्प्युटर बिक्रेता मेगाटेक सोलुसनको ताला करीव दुई महिनापछि खुलेको छ ।
आइतबार ग्लोबल आइएमई बैंक र नविल बैंकका प्रतिनिधिहरूसहित अन्य पक्षको रोहबरमा ताला खोलेपछि मेगाटेक खुलेर कम्प्युटर लगायतका सामग्रीको विक्री वितरण सुरु गरेको छ ।
मेगाटेकमा गत साउन ७ मा नविल बैंक र पछि ग्लोबल आइएमई बैंकले विक्री कक्ष, मर्मत सम्भार कक्ष र संचालकको घरमा रहेको स्टोरमा समेत सिलबन्दी गरेको थियो ।
मेगाटेकले कर्जा उपभोग गर्दा धितो सुरक्षण वापत राखेको पसल तथा गोदामका रुपमा देखाइएको मेनरोडस्थित बिक्री र मर्मत कक्ष खुलेर नियमित कारोबार सुरु भएको हो । मेगाटेकका संचालकहरूले बैंकसँगको व्यवहार मिलाउने प्रक्रिया अघि बढाएका कारण बैंकहरूले सिलबन्दी खोलेको जनाइएको छ ।
मर्मत कक्षमा विभिन्न व्यक्तिका निजी कम्प्युटर, प्रिन्टर लगायतका उपकरणहरू मर्मतका लागि लगिएको थियो । यस्तो अवस्थामा बैंकको सिलबन्दीले व्यक्तिहरूको निजी उपकरण समेत मर्मत कक्षमा थुनिएका थिए ।
View : 442
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved