भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप
फाइल फोटो ।
सुनसरी । दुहबीस्थित भलुवा खेल मैदानमा जारी ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा जस्ट जोन एफसी नाइजेरिया फाइनल खेलमा प्रवेश गरेको छ ।
एमएफसी सुनसरीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ८० मिनेटको अत्यन्तै रोमाञ्चक एवं प्रतिस्पर्धात्मक भएको खेलको २१ औं मिनेटमा एमएफसी सुनसरीका खेलाडी निरज परियारले १ गोल गर्दै आफ्नो टिमलाई १–० ले अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको २३ औं मिनेटमा जस्ट जोन एफसी नाइजेरियाका खेलाडी तायोले १ गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुर्याएका थिए ।
खेलको ३० औं मिनेटमा जस्ट जोन एफसी नाइजेरियाका खेलाडी ओलायो डेबिडले एक गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ३४ औं मिनेटमा जस्ट जोन एफसी नाइजेरियाका खेलाडी ओलायो डेबिडले थप १ गोल गर्दै आफ्नो टिमलाई ३–१ मा पुर्याए ।
खेलको मध्यान्तरपछिको ३३ र ३८ औं मिनेटमा जस्ट जोन एफसीका अब्दुल सलाम र बकारे अमिदले १–१ गोल गर्दै विजय सुनिश्चित गराए ।
खेलको उत्कृष्ट खेलाडी जस्ट जोन एफसी नाइजेरियाका खेलाडी ओलायो डेबिड घोषित भए । उनले नगद ५ हजारसहित पदक प्राप्त गरे ।
त्यसैगरी बिहीवारको पहिलो सेमिफाइनल खेल चात्या सा फुटबल क्लब झापा र मेमोरी युवा क्लब सुनसरीबीच हुनेछ भने अन्तिम खेल ९ गते शनिबार हुने तय भएको छ ।
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved