Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सीजीले ल्यायो जाडोमा उपयोगी सामान

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८०, शुक्रवार

विराटनगर : नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षितगर्दै जाडोका नयाँ सामग्रीहरु बजारमा ल्याएको  छ ।

सीजी घरमा, न्यानो मनमा, शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पीटीसी ˆयान हिटर, ओएफआर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम ˆलास्क, पानीको बोतल र इन्सुलेटेड बोतल नेपालभर उपलब्ध गराएको जनाइएको छ । 

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले बिभिन्न आकर्षक मोडलमा थप विशेषतासहित ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरु बजारमा ल्याएको छ ।

त्यस्तै हिटरमा पनि विभिन्न वर्गमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिनहिटर, क्वाज्जहिटर, कार्बन हिटर र प्यान हिटर  छन् । केही समयमै पानी तताउन सीजीले बिभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ ।

त्यसैगरी तातिएको पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम ˆलास्क, थर्मसहरु आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको जनाएको छ ।
 

View : 456

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved