Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सकियो एमाले निर्वाचन : आजै १० बजेदेखि गणना, ३६ जनाले गरेनन् मतदान

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिंदा ९८.४ प्रतिशत मत खसेको छ । भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान आज बिहीबार बिहान ७ बजे सकिएको हो । 

महाधिवेशनका लागि २ हजार २६३ जना प्रतिनिधि चयन थिए । उनीहरु मध्ये २ हजार २२७ मत मात्र खसेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा ३६ जना प्रतिनिधि सहभागी भएनन् । 

मतदान रातैभरी चलेको हो ।

नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना आजै विहान १० देखि सुरु गर्ने जनाइएको छ । विद्यूति मेसिनबाट मतदान भएका कारण मतगणनामा धेरै समय लाग्ने छैन ।

एमालेको नेतृत्व चयनका लागि अध्यक्षमा केपी शर्मा ओली र वर्तमान बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्यानलै निर्वाचन लडेका छन् । मतपरिणाम भने दुवै प्यानलको मिस्रित आउनसक्ने एमाले नेता कार्यकर्ताहरु बताउँछन् ।

View : 223

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved