विराटनगर । विराटनगरसहित पुर्वका विभिन्न स्थानमा भुइँचालोको महसुस भएको छ । आज मंगलबार विहान ६ बजेर ५० मिनेट आसपासमा भुइँचालो गएको हो । विस्तृत विवरण आउन भने बाँकी छ ।
तर सार्वजनिक भएका प्रारम्भिक विवरण अनुसार भुइँचालो कम्तिमा पनि ७ रेक्टर स्केलभन्दा माथि रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्र इएमएससीले उल्लेख गरेको छ ।
सोलुखुम्बुको हिमाली क्षेत्र नाम्चे बजार आसपास केन्द्रविन्दु भनिएको छ ।
अमेरिकी भुकम्प मापन केन्द्रले पनि लगभग यहि कुरा उल्लेख गरेको छ । उसले ७ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालका अनुसार अहिलेसम्म कोशीमा भुकम्पले क्षति गरेको सुचना भने प्राप्त भएको छैन ।
View : 1044
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved