Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको परोपकार घाटमा नाङ्गै भएर अस्लिल हर्कत गर्ने चारजना पक्राउ

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित परोपकार घाटमा मध्यरातमा अश्लील हर्कत गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर–६ का ४४ वर्षीय शंकर मणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानस काफ्ले र विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सोमबार मध्य रातमा विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा दाहसंस्कार स्थलमा होहल्ला गर्दै निर्वस्त्र भएर अश्लिल हर्कत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले सार्वजनिक स्थलमा अश्लील तथा अमर्यादित गतिविधि गरेका कारण पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

View : 252

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved