विराटनगर । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको परिसरबाट १ थान एयर पेस्तोलसहित प्रहरीले मंगलबार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत पश्चिम बंगाल दार्जिलिङका २५ वर्षीय प्रतिक अग्रवाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब पौने ९ बजे मेची भन्सार नाकामा डब्लुबी–७४–एजे–०४०० नम्बरको स्कुटरको डिक्कीभित्र लुकाएर राखिएको १ थान एयर पेस्तोल, १८ राउण्ड मेटल बुलेट र ४ थान मोबाइल बरामद गरिएको हो ।
अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
View : 425
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved