विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औं केन्द्रीय अधिवेशनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश सात प्रदेशमध्ये ‘वेष्ट प्रोभिन्स सम्मान २०२६’ बाट सम्मानित तथा पुरस्कृत भएको छ ।
नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीएनआई कोशीका अध्यक्ष पवन कुमार सारडालाई उत्कृष्ट प्रदेशको ट्रफीसहित सम्मानपत्र प्रदान गरेका छन् ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष विनोद चौधरी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा उत्पादनमूलक उद्योग स्थापना गरी निर्यात प्रवद्र्धन तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्योगहरूमध्ये सीएनआई कोशीमार्फत निर्यात गर्ने तीन उद्योगलाई समेत सम्मान गरिएको छ ।
सम्मानित हुने उद्योगहरूमा बाबा भेजिटेवल आयल इण्डष्ट्रिज प्रालि, रिलायन्स स्पेनिङ मिल्स लिमिटेड र शिवम् प्लाष्टिक इण्डष्ट्रिज रहेका छन् ।
उक्त उद्योगहरूको तर्फबाट निर्देशकहरू प्रकाश मुण्दडा, शशीकान्त अग्रवाल र विशाल थापाले सम्मानपत्र ग्रहण गरेका छन् ।
अधिवेशनमा सीएनआई कोशीको तर्फबाट अध्यक्ष सारडासहित वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा, संस्थापक अध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, संस्थापक सदस्य नवीन रिजाल तथा महानिर्देशक विजय हरि शर्माको सहभागिता रहेको थियो ।
View : 88
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved