विराटनगर । विश्व मधुमेह दिवसको अवसरमा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालले निःशुल्क मधुमेह सम्बन्धित जाँच र परामर्श गरेको छ ।
न्युरो अस्पतालले झि पुचः सँगको सहकार्यमा झिपुचःकै प्राङ्गणमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट बिहीबार बिहान निःशुल्क मधुमेह जाँच र सचेतना कार्यक्रम गरेको हो ।
सो अवसरमा १ सय २७ जना विरामीले मधुमेह जाँच गरेको र सचेतना कार्यक्रममा भाग लिएको अस्पतालले जनाएको छ ।
मधुमेह जाँच गरिएको विरामीहरूलाई बिशेषज्ञ फिजिसियन डा सागर साहद्वारा निःशुल्क परामर्श प्रदान गर्नको साथै निशुल्क पोषण परामर्श पनि गरिएको थियो ।
साथै बिहीबारबाट एक हप्तासम्म मधुमेह सम्बन्धी जाँचमा २५ प्रतिशत छुट प्रदान गरिएको सो अस्पतालले जनाएको छ ।
मधुमेह दिवसकै अवसरमा आयोजित सचेतना कार्यक्रममा अस्पतालका वरिष्ठ प्याथोलोजिष्ट डा सागरराज पाण्डेले मधुमेहको लक्षण, मधुमेहका विरामीले ध्यान दिनुपर्ने स्वास्थ्य सचेतना गराएका थिए ।
‘बदलिंदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन् ।
डा पाण्डेले भने, ‘मधुमेहको लक्षणहरू देखा परे नजिकको स्वास्थ्य कार्यालयहरुमा गएर चिकित्सकको परामर्शमा उपचार सेवा सुरु गर्नु पर्दछ ।’
न्युरो अस्पतालमा विश्वस्तरीय ल्याबबाट सबै किसिमका जाँचहरु सर्वसुलभ रुपमाप्रदान हुँदै आएको छ । अस्पतालले प्रत्येक शनिवार विभिन्न जाँचहरुमा ५० प्रतिशत छुट दिदै आएको छ ।
न्यूरो अस्पतालले विभिन्न स्वास्थ्य दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।
View : 35
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved